images
images
  • सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक

    काठमाडौं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी गर्नेलाई जोगाउनका लागि राज्यका संयन्त्रहरू परिचालन गरिएको बताएका छन् ।

    राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखकले सहकारीको ठगीमा केही मान्छेहरू संलग्न हुँदा उनीहरूलाई जोगाउन प्रहरी प्रशासन, महान्यायाधिवक्ता, मन्त्री, मन्त्रालय परिचालन भएको देखिएको बताएका हुन् । 

    सहकारी ठगी गर्नेलाई जोगाउने ध्यानमा सहकारी पीडितहरूको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । लेखकले राजनीतिक स्थिरताका लागि ठूला दल मिलेर सरकार बनाउने नयाँ प्रयोग गरिएको र यसले पटक पटक सरकार फेरबदल हुने अवस्था अन्त्य हुने दावी गरे । उनले लोकतान्त्रिक गणतन्त्र र समावेशीको मुद्दालाई थप सुदृढ गर्न अग्रगमनका लागि संविधानको समसामयिक संशोधन हुनुपर्ने धारणा राखे ।

    त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीमा ठूलो रकम हिनामिना गर्नेलाई गृहमन्त्री बनाउनु उचित नभएको जिकिर गरे । नेपालमा राजनीति गर्ने भनेको शक्ति राष्ट्रहरूको एजेण्डा बोक्ने र भ्रष्टाचारको नेतृत्व गर्ने प्रवृत्तिले देशको विकास हुन नसक्ने उनले बताए ।

    उनले नेपालीहरूलाई बाहिर लखेट्ने र छिमेकी राष्ट्रका नागरिकलाई नागरिकता दिने कामले देश निकै अप्ठेरोमा परेको धारणा राखे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै