images
images
  • संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ : कांग्रेस

    काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम बन्ने बताएको छ ।

    शनिवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएका हुन् ।

    संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसकेको बताए । उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमोजिम विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नुपर्ने बताए ।

    उनले राजनीतिक रुपमा काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइ भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताए । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने बताए । ७६ (२) अनुसार लिनुपर्ने विश्वासको मत लिइसक्नुभएको र त्यसमा असफल भएको खण्डमा मात्रै ३ मा जाने अवस्था आउने बताए ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए । उनले बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको बताए ।

    बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको भई नागरिकको जीवन असहज भएको भन्दै नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको बताए । उनले बैठकले समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै