कञ्चनपुर – कञ्चनपुरमा आज राति भारी वर्षा हुने सम्भावना देखिएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सार्वजनिक सूचना जारी गर्दै कैलाली र कञ्चनपुरमा नदी किनारा र तटीय क्षेत्रका जिल्लावासीलाई सतर्क रहन आग्रह गरे ।
केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले भारी वर्षा हुने जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिएपछि स्थानीय तहलाई सतर्क रहन भनिएको हो ।
जिल्लाका नौ स्थानीय तहले सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि सचेत पार्न कर्मचारी परिचालन गरेका छन् बाढी प्रभावित क्षेत्रमा उद्धार गर्न र पूर्वसूचना प्रदान गर्न नगर प्रहरी र विपद् शाखाका कर्मचारीलाई तयारी अवस्थामा राखिएको शुक्लाफाँटा नगरपालिकाको विपद् शाखाका धिरज ऐरले बताए । माथिल्लो तटीय क्षेत्रका ‘रेनरेग रिडर’लाई पनि तयारी अवस्थामा राखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्