images
images
  • प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

    असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रचण्डलाई विश्वासको मत नदिन एमालेले ह्विप जारी गरेको हो ।

    स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने दिन अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

    प्रचण्ड सरकार ढलेपछि काँग्रेससँगको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै