images
images
  • एमाले-कांग्रेसको सरकार धर्मनिरपेक्षतामाथि खतरा हुने भन्दै तीन दलबीच पार्टी एकीकरण

    काठमाडौँ । तीन राजनीतिक दलहरु जनजागरण पार्टी नेपाल, आमूल परिवर्तन पार्टी र संयुक्त नागरिक पार्टी बीच मंगलबार एकीकरण भएको छ ।

    मंगलबार राजधानीमा आयोजित तीन दलका पार्टीको संयुक्त पदाधिकारीको बैठकले तीन दलका अध्यक्षहरुले पार्टी एकीकरण भएको घोषणा गरेका हुन् । पार्टी एकिकरणको औपचारिक घोषणा भने केही दिनभित्रमा नै गर्ने स्रोतले जानकारी दिएको छ । बैठकमा सहभागी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले भने पार्टी एकिकरणको लागि आफूहरु अहिले तयार नभएको बताइएको छ ।

    एकीकृत पार्टीको नाम जनजागरण पार्टी नेपाल रहेको छ । एकिकरण पछि पार्टीको चुनाव चिन्ह पान (लभ) रहने र पार्टीको झन्डा भने केही दिनमा सहमतीका आधारमा आमजनतालाई चिन्न सजिलो हुने गरी तयार गरिने जनाएको छ । एकिकृत पार्टीको अध्यक्षमा दलमर्दन कामी (संयुक्त नागरिक पार्टी), बरिष्ठ उपाध्यक्षमा भरत गिरी (आमूल परिवर्तन पार्टी) र महासचिवमा भने जनजागरण पार्टी नेपालले लिने निर्णय गरी पार्टी एकिकरण गरिएको हो ।

    एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको गठबन्धनको सरकारले संघिय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वमाथि नै खतरामा पर्ने गरी संविधान संशोधन गर्ने हिसाबले कृत्रिम गठबन्धन गरिएकोले अबको सरकार जनताको लागि खतराको संकेत भएको भन्दै यसबारे संयुक्त रणनीतिक आवाजको लागि ३ पार्टी बीच एकिकरण गरिएको विश्वस्त स्रोतले बताएको हो ।

    संघिय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वको रक्षा गर्न पार्टी एकिकरण गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    देशमा हुदैँ आइरहेको राजनीतिक अराजकताको पराकाष्ठ अन्त्य गर्दै राजनीतिलाई असल समाजसेवीमा रुपान्तरण गर्दै असल थिति बसाली देशमा बसोबास गर्ने विभिन्न समुदायमाथि सबै प्रकारको अन्याय अत्याचार विभेद दमन र बहिष्करण बाट मुक्त गरी आम जनतालाई सुखी बनाउने लक्ष्य लिई पार्टी एकिकरण गरिएको बैठकमा सहभागी अर्का एक नेताले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै