images
images
  • जेलमा भएका सहकारी सञ्चालकसँग पनि समितिले सोधपुछ गर्ने

    काठमाडौं– सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सहकारी सञ्चालकहरुसँग सोधपुछ गर्ने भएको छ।

    बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बोल्दै सभापति सूर्य थापाले जेलमा भएका सहकारी सञ्चालकहरुलाईसमेत सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन्।

    ‘हामीले सबै सहकारीका समस्या बारेमा जानकारी लिने अन्तिमतिर छौं। जेलमा भएका सहकारी सञ्चालकहरुसँग पनि कानुन प्रबन्धअनुसार रहेर सोधपुच्छ गर्छौं। विदेशमा भागेर बसेकाहरुलाई पनि नेपालमा ल्याउन गृहमन्त्री, प्रधानमन्त्रीलाई भन्छौं’, उनले भने।

    वचत रकम हिनामिना गरेको भन्दै सहकारीका वचतकर्ताले दिएको उजुरीका आधारमा कतिपय सहकारीका सञ्चालक दोषी ठहर भएर र कतिपय पुर्पक्षका लागि थुनामा छन्। सभापति थापाले एउटै व्यक्तिले विभिन्न शहरमा छुट्टाछुट्टै सहकारी सञ्चालन गरेको पाइएको भन्दै कानुनमा रहेको छिद्रहरुको पनि खोजी गर्ने बताए।

    ‘राज्यका निकायहरुले किन लापरबाही गरे भनेर पनि हेरेका छौं। एउटै मान्छे चितवनमा कोषाध्यक्ष, पोखरामा अध्यक्ष र नेपालगञ्जमा उपाध्यक्ष, अर्को ठाउँमा ऋण समितिको सदस्य भएको छ। यसरी सहकारीको चेन कसरी बन्यो भन्ने बारे गम्भिर भएका छौं’, उनले भने।

    वचत रकम हिनामिना गर्ने उद्देश्यले नै सहकारी सञ्चालन गरेको पनि पाइएको थापाले बताए। ‘सहकारी समस्या वास्तविक सहकारीको कारणले होइन। सहकारीका माध्यमबाट बचतको अपचलन, ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको छ। समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरुलाई केलाइरहेका छौं’, उनले भने।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै