काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले लामिछानेमाथि सहकारी रकम ठगी प्रकरण र दुई वटा राहदानीको विषयमा पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरेका हुन् ।
उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्कर्ष गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए ।
उनले भने ‘म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लबबाट मात्रै निष्कर्ष गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्नसक्छु । रास्वपालाई रवि लामिछाने क्लबको रुपमा कब्जा गरिएको छ । पार्टी एलिडरको कब्जामा गइसक्यो । आज पार्टी कुनै एलिडको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीवाहक साथीहरूले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौँ । सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । राय नैतिकताको छुट दिने की राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ । त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ । त्यसमा स्वतन्त्र व्यक्तिलाई राख्नुपर्छ । संसदको छानबिन समितिले पुग्दैन । पार्टीभित्रबाट रवि लामिछानेउपर छानबिन समिति बनाउनु पर्छ । पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’
आफूलाई राजनीतिक दलको मूल्यमान्यता विपरीत गएर निलम्बन गरिएको र उपसभापतिबाट निलम्बनको पत्र दिन अवैधानिक रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्