images
images
  • नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको हो । नाउपाकी रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर गंगा राम चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो ।

    प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन् । यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए । संघीय संसद्मा नाउपाका चार सांसद छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै