images
images
  • बाढीपहिरोको जोखिमले भोटेकोशी–१ जलबिद्युत आयोजना बन्द

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । अविराल बर्षाले बाढीपहिरोको उच्च जोखिममा परेपछि ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलबिद्युत आयोजना निर्माण कार्य पूर्णरुपमा बन्द भएको छ । बाढीपहिरोको निशानामा पर्न थालेपछि साउन १ गतेबाट नै आयोजनाको निर्माण कार्य बन्द गर्नु परेको आयोजना प्रमुख उमेश पराजुलीले दुखेसो पोख्नुभयो ।

    निरन्तरको बर्षातले सिन्धुपाल्चोकका दर्जनौं जलबिद्युत आयोजनालाई नराम्ररी प्रवाभित बनाएको छ । असार ३० गते रातीको याङग्री र इन्दावती नदीको बाढीले सात दशमलव ५ मेगावाटको इन्द्रावती तेस्रो जलबिद्युत आयोजनाको डयाम, सवस्टेसन, पावरहाउस क्षति पु-याएको थियो ।

    भोटेकोशी–१ जलबिद्युत आयोजना निर्माणधिन अवस्थामा छ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडद्धारा निर्माणधिन उक्त आयोजनामा भोटेकोशी नदीको बाढी र पहिरोले निर्माण कार्यमा पूर्ण अवरोध गर्दे आएको छ । कम्तिमा १५ दिन आयोजनाको निर्माण कार्य रोकिने जनाईएपनि बर्खे झरी र भीषण बाढीपहिरोको त्रासले साउन महिनासम्म आयोजनाको निर्माण कार्य अघि नबढने देखिएको प्रमुख पराजुलीले बताउनु भयो ।

    नेपाल–चीनको सीमा भोटेकोशी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ नम्बर वडाको ४ दशमलव २५ हेक्टर जमीनमा उक्त आयोजना करिब ८ अर्ब बढी लागतमा निर्माणधिन रहेको छ । उक्त आयोजनाले केही दिन अघि बाढीपहिरोले अवरुद्ध कोदारी लोकमार्ग डाक्लाङ, झिर्पु, सिरिचौर, लिपिङ सडकखण्डमा पहिरो पन्छाएर सडक सूचारु गरेको थियो । साथै भोटेकोशी गापाका तुसारे, सुनखानी थामीगाउँ, दुगनागढीका बाढीपहिरो प्रभावितहरुलाई चार थान त्रिपाल सहयोग गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै