images
images
  • मधेश सरकारमा मिसिए कांग्रेस र लोसपा, पाँचैजना मन्त्रीले लिए शपथ

    जनकपुरधाम- मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन् ।

    अर्थसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस र शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी लोसपा सरकारमा सहभागी भए ।

    नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ शपथ लिएका छन् । मुख्यमन्त्री सतिश सिंहले नियुक्त गरेका नेपालीका कांग्रेसका ४ जना र लोसपाका १ जना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराइन् ।

    कांग्रेसबाट सुनिलकुमार यादवले अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।

    यस्तै लोसपाका प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीका रूपमा शपथ लिएकी छन् ।

    शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ ।

    बिनाविभागीय मन्त्री  मो. सकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै