images
images
  • यी १५ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, सोधियो स्पष्टीकरण

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

    कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

    यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना पठाएकामा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएकाले खरिद नियमावलीअनुसार अन्तिम पटक ७ दिने स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने कार्यालयको चेतावनी छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै