images
images
  • कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले आज राजीनामा दिएका छन् ।

    प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगरले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

    मुख्यमन्त्री कार्कीले विकाशित राजनीतिक घटनाक्रममा हाललाई सत्ता समीकरण नरहेको अवस्थामा राजीनामा दिनुभएकोमा धन्यवाद तथा ७५ दिनसम्म सत्तामा रहेर गरेको महत्वपूर्ण सहयोगका लागि आभार व्यक्त गरे । “अहिलेको अवस्थामा सत्ता सहकार्यमा अलग भए पनि हामीबीच राजनीतिक क्षेत्रमा सहयोग एवं प्रतिपक्षको रचनात्मक भूमिक हुने विश्वास छ”, उनले भने ।

    माओवादी केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै