images
images
  • बंगलादेशबारे प्रचण्डको टिप्पणी- बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्यपूर्ण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने ठान्नु भ्रमपूर्ण हुने कुरा बंगलादेशको घटनाबाट देखिएको टिप्पणी गरेका छन् ।

    मोरङको विराटनगर पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले नेपाली शासकहरूलाई बहुमतको घमण्ड नगर्न सुझाव दिए । ‘बंगलादेशको विषयमा अध्ययन गर्दैछौं । त्यहाँको घटनाक्रमबारे सबै कुरा आइसकेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘यति भन्नु चाहन्छु, हामीसँग बहुमत छ, जे गर्दा पनि हुन्छ भनेर शासकले ठान्नु दुर्भाग्य हुन्छ । यो कुरा नेपाली शासकहरूले पनि बुझे हुन्छ ।’

    बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएकी थिइन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमै प्रवेश गरेपछि उनी देश छाड्न बाध्य समेत भएकी थिइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै