images
images
  • बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद्

    ढाका- बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार एक आदेश जारी गर्दै देशको संसद्‍ भंग गरिदिएका छन् ।

    राष्ट्रपति कार्यालयको प्रेस विभागले मंगलबार एक सूचना निकालेर संसद् भंग भएको जानकारी दिएको हो ।

    उक्त सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।

    बंगलादेशमा यसै वर्ष ७ जनवरीमा चुनाव भएको थियो । त्यस चुनावमा शेख हसिना नेतृत्वको अवामी लीगले दुईतिहाइ बहुमत ल्याएको थियो ।

    तर विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले राजीनामा दिएर देश छाडिसकेकी छन् । यस्तोमा सोमबार राष्ट्रपतिले एक आदेश जारी गर्दै बीएनपी नेता खालिदा जियासमेत कयौँ विपक्षी नेतालाई पनि नजरबन्दबाट मुक्त गर्न आदेश दिएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै