images
images
  • भोटेकोशी–१ बाट बिपन्न र असहायलाई सहयोग

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । बाटो सफा गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएका भोटेकोशी गाउँपालिका–१ का बिरे तामाङको परिवारलाई भोटेकोशी–१ जलबिद्युत आयोजनाले ५० हजार नगद, त्रिपाल लगायतको सहयोग गरेको छ ।

    स्वर्गीय तामाङको परिवारमा कमाएर परिवार पालानपोषण गर्ने मान्छे नभएपछि मृतकका परिवारलाई सहयोग गरिएको उक्त आयोजनाका प्रमुख उमेश पराजुलीले जानकारी दिनुभयो । साथै सो आयोजनाले भोटेकोशी गापा–४ लुक्सिङ दलित बस्तीका ६० घरपरिवारलाई प्रतिधुरी त्रिपाल, चामाल, नुनतेल सहितको राहत प्रदान गरेको छ ।

    वडा नम्बर १ को तुसारे बस्ती, वडा नम्बर ४ को सुनखानी थामी बस्ती, वडा नम्बर ३ को दुगुनाबस्तीका चार सय घरधुरीलाई प्रतिघर त्रिपाल बितरण गरेको थियो ।

    सो बस्तीका स्थानीयहरु बर्खायामका कारण पहिरो प्रभावित हुन् । उक्त आयोजनाले आपतबिपतमा परेकालाई मानवीय र आर्थिक सहयोग गर्दे आएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै