images
images
  • यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय

    काठमाडौं- संघीय मन्त्रिपरषद् बैठकका दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। यही साउन २२ र २३ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

    सरकारका प्रवक्त एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन २२ को बैठकको १३ वटा र २३ को बैठकको एउटासहित १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ ।

    मंगलबारको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

    बैठकले बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायतासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको छ ।

    उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य एवम् अध्यक्षको जिम्मेवारी पनि सरकारले दिएको छ ।

    नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा, चारजना महासेनानीलाई सहायक रथीमा, एक प्रमुख सेनानीलाई महासेनानीमा र एक आक्टिङ महासेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै