images
images
  • टीआरसी विधेयकबारे भट्टराई भन्छन् : अब कुनै बाहना नगरियोस् !

    काठमाडौं – नेपाल समाजवादी पाटीं (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलबीच सहमति बन्नु सकारात्मक भएको बताएका छन् ।

    बुधबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले छिटो विधेयक पारित गरेर आयोगहरूमा ऐतिहासिक राजनीतिक परिवर्तनको मर्म अनुरूप काम गर्नुसक्ने व्यक्तिहरु छनोट गर्न आग्रह गरेका छन् । उनल आफू प्रधानमन्त्री हुँदा २०६९ मा नै जारी गरिएको विभिन्न बहानामा कार्यान्वयन नगरिएको स्मरण गर्दै उनले अब त्यसो हुन नदिन तत्काल बाँकी काम सुरु गर्नुपर्ने सुझाव उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘१८ बर्षदेखि सत्ता खिचातानी र निहित स्वार्थको चेपुवामा पटक पटक अड्किदै आएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलबीच सहमति बन्नु सकारात्मक छ। मैले प्रमको रूपमा २०६९ मा सत्ता हस्तान्तरण गर्नु पहिले तत्काल संसद कायम नरहेका कारण निकै जोडबल गरेर जारी गरेको त्यससम्बन्धी अध्यादेश (कार्यान्वयन भैदिएको भए पनि १२ बर्ष पहिले यो काम सम्पन्न हुनसक्दथ्यो) तर विभिन्न बहानामा गरिएन र यहॉसम्म तन्किदै आयो। अब कुनै बहाना नगरियोस् !’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै