images
images
  • केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुन्छन् : खेलकुदमन्त्री चौधरी

    काठमाण्डौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुने दाबी गरेका छन्।

    नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक कार्यक्रममा खेलकुद मन्त्री चौधरीले देशभर नै रंगशालाको निमार्णको प्रक्रिया सुरु भएको बताएका हुन्।

    ‘राष्ट्रिय गौरवको आयोजनामध्ये चितवन र मुलपानीको रंगशालाको डिपिआर बनेर आइसकेको छ। इआइको प्रक्रियामा छ । हामी चाडोभन्दा चाडो सहमतिले कोटेसनमा जादैछौं’, उनले भने, ‘गिरिजाप्रसाद कोइराला विराटनगर सरकारको आर्थिक सहयोग भयो भने चाडो बन्ने विश्वास दिलाउन चाहन्छु।’

    उनले थपे, ‘जनकपुर र धनगढीको फाप्ला रंगशाला भारत सरकारको सहयोगमा चाडोभन्दा चाडो डिपिआर भएर अगाडि बढ्ने कोशिसमा छ। केही महिना र केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुँदैछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एनपीएलमा विदेशी खेलाडीलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले एनपिएलका लागि राखेपले सहयोग गर्न तयार रहेको उल्लेख गरे।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले रंगशाला निर्माणका लागि गरेको निर्णय उत्साहजनक रहेको उल्लेख गरे । समयमै क्रिकेट रंगशाला निर्माण हुनेमा क्यान आसावादी रहेको चन्दले बताए।

    नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो । प्रतियोगिताको लोगो समेत सार्वजनिक भएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै