images
images
  • खानेपानी क्षेत्रका समस्या समाधान गर्न जलस्रोतको अध्ययन आवश्यक : मन्त्री यादव

    नारायणगढ – खानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। 

    खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गरे । 

    ‘आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ । पहाडमा पानीका मुहान सुक्न थालेका छन् । मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन’, उनले भने ,’चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरेर आवश्यक काम गर्न जरुरी छ ।’ 

    आउँदो दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था सक्ने भन्दै मन्त्री यादवले नेपालमा समस्या आउनुअघि नै सजग हुनपर्ने आवश्यकता औँल्याए । उनले खानेपानीका लागि बनेका ऐन, नियमावलीमा कुनै समस्या भए समाधान गरेर अगाडि बढ्न सकिने धारणा राखे। ‘ऐन, नियमावलीमा के लेखिएको छ यस कुरालाई लिएर तपाईँहरू डराउनुपर्दैन । नियमावली अपरिर्वतन नहुने ग्रन्थ होइन, यो परिवर्तन हुने कुरा हो । जनताको हकहितका लागि आवश्यकताअनुसार यसलाई परिवर्तन गर्न पर्छ । उपभोक्ता तथा जनताको अहितमा हुने काम सरकारले कहिल्यै गर्दैन र अहित हुने प्रावधान परिवर्तन गर्न सकिन्छ’,मन्त्री यादवको भनाइ थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै