images
images
  • प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल ‘ट्रान्जिट’बाट अन्य मुलुक जान सरकारको आग्रह

    काठमाडौं- सरकारले प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको छ । ब्राजिलियास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा त्यहाँ हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको हो ।

    ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको अवस्थामा मात्रै ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ ।

    ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरे छ ।

    दूतावासले हालै ब्राजिलको साउपाउलो विमानास्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७ सय विदेशीहरू रोकिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

    ‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका छन् र आवश्यकता अनुसार निजहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति : 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै