images
images
  • सरकारी अधिकारीले आफ्नो कामको विवरण सामाजिक सञ्जालमा दिनू : प्रधानमन्त्री ओली

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निकायका अधिकारीले आफ्नो कामको विवरण दिने गरी सामाजिक सञ्जालहरूमा पेज बनाउनुपर्ने बताएका छन् ।

    ‘हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ-आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ,’ ओलीले शुक्रबार फेसबुकमा लेखेका छन् ।

    सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्तीको सम्बन्धित अधिकारीले तत्काल जवाफ दिन यसले सहयोग पुर्‍याउने ओलीको भनाइ छ ।

    ‘सवारीचालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नुपर्छ ? विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन् ?’ ओलीले लेखेका छन्, ‘यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै