images
images
  • नेप्लिज अस्ट्रेलियन युथ एसोसियनको नयाँ कार्यसमितिद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिड्नी, अस्ट्रेलिया—नेप्लिज अस्ट्रेलियन युथ एसोसियन (नया)ले संस्थागत विकासका लागि एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

    सिड्नीमाको म्यारिल्याण्डमा रहेको संस्थाको कार्यालयमा शनिवार एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

    एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले कार्यक्रमलाई सम्बोधनसहित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुँदै संस्थाको विकासका लागि पारदर्शीता, जवाफदेहीता र उत्तरदायी मुल विषय भएकोले नयाँ कार्यसमितिले यो विषयलाई आत्मसाथ गर्दै अगाडी बढन् भन्नभयो ।

    उहाँले नेपालीहरूबीच एकता, सद्भाव र पारस्परिक सहयोगमा युवाको भुमिका महत्वपुर्ण भएकोले युवाहरुको शक्ति परिचालन र सदुपयोग सही ठाउँमा गर्नुपर्ने बताउनुभयो । साथै, उहाँले यस किसिमको कार्यक्रमले युवा क्षेत्रको समग्र विकासलाई दिशानिर्देश गर्न सहज हुने भएकोले नयाँ कार्यसमितिलाई आफ्नो र आफ्नो नेतृत्वको संस्थाले आवश्यक साथ सहयोग सधैं गर्ने बताउनुभयो।

    नवनिर्वाचित अध्यक्ष बिपिन थापाले आमन्त्रित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा संस्थाले युवाहरुको बृहतर हित र भावनालाई आत्मसाथ गर्दै सबैलाई समेट्दै दिर्घकालिन कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँकार्यसमितिले आउने दिनमा नेपाली समुदायमाझ रक्तदान कार्यक्रम गर्ने साथै बारबिक्यू कार्यक्रम लगायत बार्षिक रुपमा च्यारिटीको लागि गर्दै आएको क्रुस पार्टीलाई निरन्तरता दिने र समुदायमा थप संगठन विस्तारको लागि प्रभावकारी रुपमा अघि बढने अध्यक्ष थापाले बताए ।

    कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष निजन चौलागाईले नयाँ कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना दिँदेँ आफनो यस नवनिर्वाचित कार्यसमितिलाई पूर्ण समर्थन रहेकोले आफ्नो सधैं साथ र सहयोग रहने बताउँनुहुँदै आफनो कार्यकाललाई सफल बनाउन साथ, सहयोग गनुृहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    कार्यक्रमको सञ्चालन महासचिव सुमन श्रेष्ठले गर्नुभएको थियो। उनले सबै युवा सदस्यहरूलाई एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्थित सहभागीहरूले कार्यक्रम निकै उपलब्धिपुर्ण भएकोले युवा शक्ति संगठित र एकजुट हुनुपर्ने प्रतिक्रिया दिएका थिए।

    भर्खरै सम्पन्न संस्थाको निर्वाचनबाट अध्यक्ष विपिन थापाको नेतृत्वको २१ सदस्यीय कार्यसमिति सदस्यहरू नवनिर्वाचित भएका छन । युवाहरुमाझ चिरपरिचित एशोसियसनको स्थापना सन् २०१३ मा भएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै