images
images
  • दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

    काठमाडौं- दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् ।

    सञ्चारमन्त्रायलबाट सोमबार बिहान नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको चाबहिलस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफुले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागिआवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा डीसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।

    यसअघिका अध्यक्ष भुवन केसी बिदा भएपछि चलचित्र विकास बोर्डमा डिसीको इन्ट्री भएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै