images
images
  • जीबीलाई खोज्न मलेसिया पुगेको प्रहरीको टोली रित्तै फर्कियो

    काठमाडौं । नेपालका विभिन्न स्थानमा सहकारी खोलेर सर्वसाधारणको अरबौँ पैसा हिनामिना गरेर गितेन्द्रबाबु (जीबी) राई बेपत्ता छन् । उनले सहकारीबाट हजारौँ सर्वसाधारणको अरबौँ पैसा उपचलन गरेका छन् ।

    सहकारीको बचत रकम बोकेर जीबी राई विदेशमा लुकेर बसेको आशङ्का गरिएको लामै समय भयो । तर, प्रहरीले उनिबारे सत्य जानकारी दिन सकेको छैन ।

    नेपालको संसद्, संसदीय समिति र प्रहरी प्रशासनले जीबीले गरेको आर्थिक अपचलनबारे अनुसन्धान गरिरहेका छन् । तर, जीबी राई कहाँ छन् ? के गर्दै छन् त्यसबारे आधिकारिक जानकारी कसैलाई छैन ।

    नेपाल प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । उनको खोजीका लागि प्रहरीको टोली मलेसिया पुगेको थियो । मलेसियामा जीबीबारे अनुसन्धान गरेर प्रहरीको टोली नेपाल फर्किएको छ ।

    एक साताअघि मलेसिया गएको प्रहरी टोली बुधवार नेपाल आइपुगेको प्रहरी स्रोतले जनाएको छ । जीबी राईलाई खोज्दै मलेसिया पुगेको प्रहरी टोलीले उनलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले खुलाइएको छैन ।

    स्रोतका अनुसार जीबी मलेसियामा अपार्टमेन्ट किनेर बसेका छन् । क्वालालम्पुरस्थित देशापण्डनमा उनले ७ करोड नेपाली रुपैयाँभन्दा बढीको अपार्टमेन्ट किनेको बताइन्छ ।

    जीबीले सहकारीको रकम उपचलन लगेर मलेसियामा १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको दाबी गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै