images
images
  • सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया

    काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अनलाइन प्रणालीबाट कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भएको छ ।

    कम्पनी रजिष्ट्रारको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम अनलाईन प्रक्रियाबाट कम्पनी दर्ता गर्ने प्रक्रिया अर्को आदेश नभएसम्मको लागि स्थगित भएको उल्लेख गरेको छ ।

    कम्पनी रजिष्ट्रारको कार्यालयको गत असार १९, साउन १७, भदौ ९ र भदौ १६ गतेको सूचना बमोजिम हुन लागेको सम्पूर्ण काम कारबाही तथा पत्राचार गर्न जारी गरेको अन्तरिम आदेशको टुंगो नलागेसम्म स्थगित गर्न सूचना जारी गरेकाले उक्त कार्य रोकिएको कार्यालयले जनाएको छ ।

    सफ्टवेयर कार्यान्वयन प्रक्रियालाई यथाअवस्थमा रोक्न भन्दै सर्वोच्चले भदौ १८ गते अन्तरिम आदेश दिएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै