images
images
  • ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५० जना पक्राउ

    काठमाडौं । ललितपुरको एकान्तकुनास्थित एक कल सेन्टरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ ।

    सीआईबीले कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न रहेका ५० जनालाई पक्राउ गरेको छ । २ चिनियाँ र १ फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

    चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै