images
images
  • धुस्कुन स्पेसल फेसबुक ग्रुपबाट स्क्रब टाईफस पीडित गर्भवतीलाई एक लाख २० हजार सहयोग

    रातोपाटीन्यूज, काठमाडौं । स्क्रब टाईफस पीडित त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनकी गर्भवती महिला देवी थामीको उपचारका लागि धुस्कुन स्पेसल फेसबुक ग्रुपले १ लाख २० हजार ६५१ रुपैँया संकलन गरी बिरामीका आफान्तलाई हस्तान्तरण गरेको छ ।

    करिब २ महिनाअघिबाट देवी स्क्रब टाईफस रोगबाट ग्रसित हुनुहुन्छ । थामीलाई परिवारजनले ललितपुरको पाटन अस्पतालमा उपचार गराउँदै आईरहेका छन् । अस्पतालले थामीको उपचार भेन्टिलेटरमा राखेर गर्नुपर्ने भनेपछि उपचार खर्च नहुदाँ परिवारजनलाई अति समस्या परिरहेको थियो । थामी परिवारको भए, रहेका सबै धनसम्पत्ति उपचारमा सकिएपछि धुस्कुन स्पेसल फेसबुक ग्रुपले सहयोगी हातबाट आर्थिक सहयोग जुटाएर बिरामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

    उपचारका लागि लाखौं रकम जुटाउन पर्ने बाध्यतामा गरीबी, बिपन्न थामी परिवार छ । तर त्यस समस्यामा धुस्कुन स्पेशल फेसबुक ग्रुपले एक लाख बढी रकम जुटाएर सहयोग गरेपछि देवीको उपचारमा मद्धत पुगेको नेपाली काँगे्रसको भातृसंस्था नेपाल बिद्यार्थी संघको पूर्व केन्द्रीय महामन्त्री तथा उक्त फेसबुक ग्रुपका सदस्य बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । उहाँकानुसार थामीको उपचारका लागि अरु थप सहयोग जुटाउन सबै लागिरहेको छ । सहयोगी मनहरुबाट इच्छानुसार आर्थिक सहयोग जुटाउने महाअभियान थालेको समाजसेवी सहदेव भण्डारीले बताउनुभयो । गरीव विपन्न समुदायकी देवीको उपचारका लागि सबैले सकेको सहयोग गर्न भण्डारीले अपिल गर्नु भएको छ ।

    बिमारले ग्रस्त गाँजेपछि देवीलाई ब्लड दिनु परिरहेको छ । सामाजिक अभियान्ता सरिता कार्की, पवन भण्डारी, रमोद न्यौपाने लगायतले थामीलाई ब्लड प्रदान गर्नु भएको छ । रुपेश लामा, बीरबहादुर भण्डारी, अप्सरा खड्का, साजन थामी, दिनेश थामी, राजकाजी भण्डारी, सूर्य न्यौपाने, अनिता भण्डारी, नारायण नेपाल, कृष्णबहादुर बस्नेत, भावना भण्डारी लगायतका ८४ जना सहयोगीबाट उक्त रकम सहयोग संकलन गरी हस्तान्तरण गरिएको भण्डारीले बताउनुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै