images
images
  • पत्रकार महासंघको ढोकामै टाँगियो अध्यक्ष र महासचिव हराएको सूचना

    काठमाडौं नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको भनी महासङ्घको कार्यालयमा ब्यानर टाँगिएको छ ।

    ‘पत्रकार हराएको सूचना’ लेखिएको ब्यानर सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयको मूल ढोकाबाहिर टाँगिएको हो । 

    भदौ २९ गतेदेखि दुवैजना हराएको उल्लेखित ब्यानरमा उनीहरूलाई भेटेमा महासंघमा जानकारी गराइदिन आग्रह गरिएको छ ।

    ‘२०८१–०५–२९ गते गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिनदेखि हराएको । भेट्नुहुने महानुभावहरूले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ’, ब्यानरमा लेखिएको छ । 

    तीनपटक स्थगित भइसकेको महासंघको निर्वाचन असोज १२ गतेका लागि तोकिएको छ । तर, सदस्यता वितरणलाई लिएर विवाद कायमै छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै