images
images
  • दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रवार यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ ।

    असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।

    असोज १८ गते झण्डा फेर्ने साइत रहेको समितिले जारी गरेको सुचनामा उल्लेख छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ ।

    असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ । स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा छ ।

    असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै