images
images
  • बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए

    काभ्रेपलाञ्चोक । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् ।

    तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै