images
images
  • बाढी पहिरोबाट उपत्यकामा मात्रै ७० जनाको मृत्यु,कुन प्रदेशमा कति ?

    काठमाडौं । गत असोज ११ र १२ गते वर्षासंगै आएको बाढी पहिरोमा परी काठमाडौं उपत्यकामा मात्रै ७० जनाको मृत्यु भएको छ ।

    उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा बाढी पहिरोमा परेर ७० जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेले बताए ।

    ललितपुरमा सबैभन्दा बढी ४६ जननाको मृत्यु भएको प्रवक्ता घिमिरेले बताए । यस्तै काठमाडौंमा १९ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । यसैगरी उपत्यका ३ जना घाइते र ५ जना बेपत्ता रहेका छन् । त्यसैगरी २ हजार १ सय ५८ जनाको उद्धार गरिएको छ ।

    यसैगरी बाढी पहिरो तथा डुबानमा परेर देशभर २ सय ४६ जनाको मृत्यु भएको छ । १ सय ७८ घाइते तथा १८ बेपत्ता हुँदा १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका मध्ये ३५ बालक र २३ बालिका रहेका छन् ।

    सबैभन्दा बढी मानवीय क्षति बागमती प्रदेशमा भएको छ । बागमतीमा १ सय ४५ जनाको मृत्यु भएको छ । १ सय १५ घाइते तथा ७ बेपत्ता हुँदा १३ हजार ६ सय ९४ जनाको उद्धार गरिएको छ ।

    कोशी प्रदेशमा २० जनाको मृत्यु भएको छ भने १४ जना घाइते तथा ४ जना बेपत्ता भएका छन् भने २ सय ९० जनाको उद्धार गरिएको छ । मधेश प्रदेशमा ९ जनाको मृत्यु भएको छ । ९ जना घाइते हुँदा ३५ जनाको उद्धार गरिएको छ ।

    लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु हुँदा २ जना घाइते छन् । गण्डकी प्रदेशमा ९ सय ९७ जनाको उद्धार गरिएको छ । यहाँ मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै