images
images
  • हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

    काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दु राष्ट्र संविधानमा नभइ स्वाभिमानमा चाहिने धारणा राखेका छन्‌ ।

    बुधबार साँझ फेसबुक स्टाटसमा कवितांश पोष्ट गर्दै बालेनले हिन्दु राष्ट्रबारे उल्लेख गरेका हुन्‌ ।

    दशैँका बेला पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टिका लगाएका सन्दर्भलाई लिएर केही दक्षिणपन्थी नेताहरूले राजतन्त्र र हिन्दु राष्ट्रको प्रसङ्ग उठाइरहेका छन्‌ ।

    महानगरप्रमुख बालेनले चाहिँ दशैँकै अन्तिम दिन बेलुकी हिन्दु राष्ट्रको औचित्यबारे कविता नै पोष्ट गरे ।

    उनले लेखेका छन्‌-

    गाउँ मासेर बनेको शहरको के काम ?
    आफ्नो ठाउँ नै नरहे पछि,
    नाउँ बेचेर बनेको रहरको के काम ?
    आफ्नो भाउ नै नभए पछि,
    मलाई बुद्ध बोलीमा हैन,
    ज्ञानमा चाहिन्छ ।
    हिन्दु राष्ट्र संविधानमा हैन,
    स्वाभिमानमा चाहिन्छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै