images
images
  • ‘पूर्णबहादुरको सारंगी’को ट्रेलरमा गाइने समुदायले गर्ने सङ्घर्षको कथा (भिडिओ)

    काठमाडौँ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो ।

    अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ ।

    ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताए । उनले थिएटरमा यस्तो पात्रहरूको भुमिका निभाए पनि चलचित्रमा पहिलो अनुभव रहेको बताए । चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको बताए । अभिनेत्री बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरूले मन पराउनेमा आशावादी रहेको बताइन् ।

    चलचित्रमा सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने सङ्घर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने सङ्घर्षको कथा देखाइएको छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ ।

     हेर्नुहोस्  भिडिओ :

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै