images
images
  • साम्पाङको कार्यबाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको कार्यबाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

    आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको एकल इजालसले  वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने  प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    साम्पाङले उपमेयर बेघा कार्यकक्षमा हुँदाहुँदै  ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत उडेका थिए ।

    अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको  छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै