images
images
  • अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

    सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ ।

    सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान, इन्जिनियर प्रशान्त अधिकारी ,जिसस सचिबालयका प्रेम कुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्र बहादुर बस्नेत सम्मिलित उच्चस्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरी आबश्यक कानुनी कार्बाही गरिने बताउँनु भयो ।

    जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले हरेक पटक सम्झाउँदा पनी अटेर गरी गत बर्षको स्टक सामानहरु समेत नदेखाएकाले क्रसर उद्योगहरुमाथी स्थलगत अनुगमन गरी कानुन बिपरित गर्नेलाई कार्वाहीको दयरामा ल्याउँने बताउँनु भयो । उहाँले मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको स्पष्ट पार्दै प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने समेत बताउनुभयो ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको बताउँनु भयो । उहाँले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताउनुभयो ।

    सिन्धु स्टोन एण्ड कन्ट्रक्सन, श्री कालिञ्चोक भगवती एग्रीगेट इन्ड्रस्ट्रीज प्रालि बनदेउ क्रसर उद्योग र बच्छलादेबी एग्रीगेट क्रसर उद्योगहरुमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा उत्खनन गरिएको बालुवासहित टिपर आबश्यक कार्बांहीका लागी नियन्त्रणमा लिइएको छ भने बच्छलादेबी एग्रीगेटका सञ्चालक इन्द्र राज गिरीले नदीबाट बालुवा निकाल्नका लागी २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनका क्रममा स्काइभेटरलाई कुनामा नदेख्ने गरी लुकाइएको भिडीयो र फोटो खिचेपछी फोटो नखिच्न र भिडियो नबनाउन भन्दै पत्रकार नेत्र बस्नेत माथी अभद्र व्यबहार समेत गर्नुभएको थियो ।

    अनुगमनका क्रममा अरु क्रसरका व्यवसायीहरुले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाएपनी बछलादेबीका सञ्चालक गिरीले भने नगरपालिकाको लापार्बाहीका कारण ठेक्का नलागेको, आफुले बुझाउँन पर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउनु हुँदै खोलामा लुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताउँनु भयो । खोलाको अनुगमन गर्न पर्दैन भन्दै गिरीले बिभिन्न बाहना बनाई अल्मल्याउँन खोजेपछी प्रजिअ र प्रहरी प्रमुखसहित खालामा स्थलगत अनुगमन गर्न गएपछी गिरी आक्रोसित बन्नु भएको थियो ।

    सरकारले बर्षादको समयमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको भएतापनी लुकीछिपी उत्खनन् गरेर सामान जम्मा गरेको र असार मसान्तसम्म रहेको मौज्दातको परिणाम नबुझाएर बाँकी भन्ने गरेका क्रसरहरुलाई कसरी कार्बाही हुन्छ हेर्न भने बाँकी रहेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, उद्योग तथा वाणिज्य कार्यालय र डिभिजन वन कार्यालयले पनि पटक–पटक क्रसर उद्योगहरू अनुमगन गरेका छन् ।

    अनुगमनसँगै प्रतिवेदन तयार हुने भएपनि त्यसको कार्यान्वयन नहुँदा अवैध क्रसर भने निर्वाध चलिरहेका छन् । क्रसर तथा बालुवा प्रशोधन उद्योग वन क्षेत्रबाट दुई किलोमिटर टाढा, नदी–खोला किनाराबाट पाँच सय मिटर, चुरे क्षेत्रबाट पन्ध्र सय मिटर, गाउँवस्तीबाट दुई किलोमिटर र राजमार्ग क्षेत्रबाट पाँच सय मिटर टाढा सञ्चालनमा हुनुपर्ने उल्लेख छ ।

    सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका कुनै पनि उद्योगहरूले यो मापदण्ड पूरा गरेका छैनन् । क्रसरले जथाभाबी नदीको बाहब परिबर्तन गराई सार्बजनिक स्थलमा आफुले निजी जस्तै जथाभाबी मेसीन लगाएर नदी जन्य पदार्थ बिक्री गर्ने गरेका कारण बस्ती जोखिममा परेको छन भने जताततै पहिरो गएर खेतीयोग्य जमीन समेत काम नलाग्ने भई सक्दा पनि स्थानीय सरकार नदेखे जस्तो गरिरहेको छ ।

    यस सम्बन्धमा वडा नं ११ का वडा अध्यक्षलाइ सम्पर्क गर्दा पहिलो कुरा राजस्व बुझाउन आउनेलार्इ राजश्व नबुझ्ने भन्ने कुरै हुदैन बछला देबीका सञ्चालकले राजश्व बुझाउनै आउनु भएको छैन यो झुटो भएको बताउनु भयो भने कानुन बिपरित कार्य गर्ने जो कोहीलाई पनि कार्बाही गर्दा आफुले सहयोग गरेर कार्बाहीको लागि सहजता गरिदिने समेत बताउनु भयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै