काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सोमबार बैठक बोलाइएको हो ।
हिजोको बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्न उर्जा मन्त्रालयमकार्फत् प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो ।
मन्त्रालयले सो जानकारी प्राधिकरणलाई समेत गराइसकेको छ । अहिले सञ्चालक समितिमा सोही निर्णय कार्यान्वयनको बारेमा छलफल हुने बताइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बक्यौता नबुझाएसम्म लाइन नजोड्ने पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्