images
images
  • सीआइबीले लियो धनराज गुरुङसंग बयान

    काठमाडौं । केन्द्रिय अनुसन्धान व्यूरो(सीआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसंग ५ घण्टा बयान लिएको छ ।

    बुधवार गुरुङलाई कार्यालयमा बोलाएर मितेरी सहकारी संस्थाको बचत रकम अपचलनबारेमा कागजी बयान लिइएको केन्द्रिय अनुसन्धान व्यूरो(सीआइबी)का प्रहरी उपरीक्षक एवं सुचना अधिकारी होविन्द्र बोगटीले बताए ।

    गुरुङमाथि अनुसन्धान गरिरहेको बताउँदै उनले भने,‘उनीमाथि कागजी बयान लिएका छौँ । अनुसन्धान भइरहेको छ । कागज गरेर बुझ्ने काम भएको छ ।’

    मितेरी सहकारीको १४ करोड रकम हिनामिनाको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको हो । सहकारीकै विषयलाई लिएर गुरुङको तत्कालिन श्रीमती ज्योतीसंग सम्बन्ध बिच्छेद भएको थियो ।

    संसदीय छानबिन विशेष समितिले मितेरी बचत तथा ऋण सहकारीमा भएको रकम हिनामिनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको थियो । संघीय सांसद समेत रहेका गुरुङले मितेरी सहकारीमा आफु संलग्न नरहेको भन्दै स्पष्टीकरण दिइसकेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै