images
images
  • कांग्रेसको विभागमा १० सदस्य मनोनयन

    काठमाडौं नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ ।

    कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेका उक्त विभागमा आज १० सदस्य मनोनयन गरेका हुन् ।

    मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमाडौँ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै