काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको आइतबार निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो साढे १ बजे ८३ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनी कलेजो सम्बन्धी समस्याबाट ग्रसित थिए । ढुंगाना २०४८ सालदेखि २०५१ साल सम्म सभामुख थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिएका वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गानाले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए ।
२०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए । उनका श्रीमती,दुई छोरा र एक छोरी छन् । उनको भोली अन्त्येष्टि गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्