images
images
  • जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा आफनो संलग्नता पुष्टि गर्न उर्जामन्त्रीको चुनौती

    काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

    बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

    केही सञ्चारमाध्यमहरूले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको बताए । उनले पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताए । उनले सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गरे ।

    उनले केही गर्नखोज्ने मान्छेहरूप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

    उनले भने ‘काम गर्ने सिलसिलामा भर्खरै सञ्चारमाध्यममा राष्ट्रिय सञ्चारमाध्यममा पनि मेरो नाम जोडेर अत्यन्तै गलत समाचार सम्प्रेषण गरेको पाइयो । काम गर्ने सिलसिलामा यस्तो हुने होला की साँच्चै हो ? यो पित पत्रकारितामा रमाउनु हुँदैन । म पत्रकारिता गर्ने साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु । सत्यतथ्य भए त उतिखेरै अगाडि बढ्न सकिहालिन्छ नि । त्यसका लागि त म पुरस्कारै दिन चाहन्छु । कसैले प्रमाणित गरिदिन्छ, सत्यतथ्य ल्याउन सक्छ भने म पुरस्कार पनि दिन चाहन्छु । यस्तो गलत कुरा गरेर पेट पाल्ने कुरातिर लाग्नु हुँदैन । यसले देशलाई नोक्सानी गर्दछ । तपाईँ आफैँ पनि ठगिनुहुन्छ । एकछिन रमाएर हुँदैन । पुस्तौँलाई नोक्सानी गर्दछ । केही गर्नखोज्यो की गर्न खोज्ने मान्छेहरुकाप्रति यस्तो गरेर लुटामार चलिरहने, यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै