
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एच.पि.भी. खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ ।
सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी. खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो ।
सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताए ।
उनले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताए । उनले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिए ।
खोप लगाउने अवधिभित्र विद्याल यमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए । उनले अभिनेत्री कोईराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरुमा सद्भावना दुत रहने बताए ।
मन्त्री पौडेलले नेपाललाई सबै खाले क्यान्सरमुक्त बनाउने अभियान प्रभावकारी बनाउने उद्देश्यअनुसार काम गरिरहेको बताए ।
उपचारात्मक क्षेत्रमा मात्र नभइ निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गरे । नेपालीलाई रोगी हुन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोईरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् । उनले यसको महत्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन् । सरकारले आउँदो माघ २२ गतेदेखि एच.पि.भी. खोप अभियान शुरु गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्