images
images
  • क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी, कुन पदमा को आए ? (सूचीसहित)

    काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी ६ सय ८६ मत ल्याई विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्दी हेमन्त राईलाई ६ सत १५ मत खसेको थियो । अर्का उम्मेदवार उपदेशकुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत ल्याएका छन् ।

    महासचिवमा रोशन थापा मगर विजयी भएका छन् । उपाध्यक्षहरूमा अटल आचार्य, मदन भट्टराई, दीपा जैसी, विराज थापा, ममता अधिकारी, अभिमन्यु यादव, कृष्ण सुनार, सन्दीप पुन र उमेश कँडेल विजयी भएका छन् । कोषाध्यक्षमा फूलमाया राना मगर विजयी भएकी छन् ।

    उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बाँस्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की विजयी भएका छन् । सचिवहरूमा प्रेम जैसी, वीरेन्द्र जीसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आले मगर, समकृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छोहाङ मावो विजयी भएका छन् ।

    अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लगाएर यस पटक नेतृत्व छानेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्