images
images
  • अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार्य छैन : महामन्त्री शर्मा

    काठमाडौं । सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संघीय संसदमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

    महामन्त्री शर्माले यसअघिको सरकारले उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने प्रष्ट पारेका छन् ।

    बुधबार सामाजिक सञ्जालमा महामन्त्री शर्माले भनेका छन्,‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । प्रतिपक्षमा हुँदा उठाएको आवाज, सत्तामा हुँदा विलीन हुँदैन ।’

    उक्त विधेयक निर्माण गर्दा सत्तारुढ दलको संयन्त्रसँग सल्लाह भएको भएपनि कांग्रेस पार्टीले नमान्ने महामन्त्री शर्माले बताए ।

    ‘ढुक्क रहोस् देश– दृष्टि बदलिन्नँ, विधेयक बदलिन्छ ।‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता–प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिकपंक्तिबिच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य हिजो जसरी थियो, आज पनि त्यसरी नै अस्वीकार्य छ’महामन्त्री शर्माले भने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्