images
images
  • स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यपालिका सार्वजनिक गरेको छ । विश्वद्याविलयले शुक्रबार आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको कार्यपालिका सार्वजनिक गरेको हो ।

    त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यपालिका बनाएको छ । तालिकामा फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ ।

    निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित हुने, फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने र मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशित गरिने छ ।

    फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म निर्धारण गरेको छ ।

    निर्वाचन तालिकाअनुसार चैत २ गते राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ । मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ ।

    तालिका:

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्