images
images
  • स्पेनका लागि नेपाली राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

    स्पेन– स्पेनका लागि नेपालका  राजदूत शनिल नेपालले नरेश फेलिपे छैटौँ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गरेका छन् ।

    म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

    ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलका साथै नेपाल सरकार र नेपाली जनताका तर्फबाट स्पेनका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै स्पेनका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।

    उनले नेपालको परराष्ट्र नीति, विकासका प्राथमिकता र प्रयास, जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका प्रयत्न तथा पर्यावरणीय चुनौतीको सामाना गर्न अन्तरराष्ट्रिय सहयोगको महत्वलगायत विषयमा छलफल भएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्