images
images
  • बेलायती राजकुमार एडवार्ड पत्नी सोफिया काठमाडौंमा

    काठमाडौं । बेलायती राजकुमार एडवार्डकी पत्नी सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ।

    काठमाडौं आएपछि उनीहरू दुवै जना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् । तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने भएका उच्च सरक्षा स्रोतले जानकारी दियो ।

    ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्