images
images
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ।

    निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटेको छ।

    इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्