
डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आईएमई पेबीच मर्जरका लागि समझदारी (एमओयू) भएको छ। आईएमई पेका एक अधिकारका अनुसार आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।
मर्जरपछि आईएमई खल्ती नाम राख्ने गरी समझदारी भएको बताइएको छ। समझदारी भए पनि यसअघि नेपाल राष्ट्र बैंकमा भने मर्जरको स्वीकृति मागिएको छैन।
केन्द्रीय बैंकका प्रवक्ता रामु पौडेलले दुई वालेट मर्जरबारे स्वीकृतिको आवेदन नपरेको जानकारी दिए।
उनका अनुसार दुई कम्पनीबीच मर्जरबारे एमओयू भए पनि अब स्वीकृतिका लागि राष्ट्र बैंक आउने र त्यसपछि राष्ट्र बैंकले अध्ययन गरी निर्णय दिनेछ।
गुगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ। यी दुई डिजिटल वालेट एक हुँदा भुक्तानी सेवा प्रदायकबीच अझै बलियो हुनसक्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्