काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
उक्त विश्वविद्यालय, ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि पहल भइरहेको दूतावासले सोमवार साँझ जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ ।
विश्वविद्यालयले विद्यार्थीहरुलाई होस्टेलमा बस्न र अध्ययन जारी राख्न भनेको अवगत गराउँदै स्थानीय अधिकारीद्वारा घटनाका सम्बन्धमा छानबिन भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन समेत गरेको थियो ।
विश्वविद्यालयले भने लम्सालले आत्महत्या गरेको दाबी गरेको छ । मंगलबार शवको पोष्टमार्टम गर्ने तयारी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्