images
images
  • टिकाराम ढकालको गीत “छोरो गयो परदेश” बोलको म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशकसमेत रहेका गीतकार टिकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । डिजराज पौडेलको स्वर अनि सङगीत रहेको गीतको म्युजिक भिडिओ काठमाडौँमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।

    आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडिओ कपिल कार्कीले निर्देशन गरेका हुन। भिडिओमा कलाकार नारद खतिवडा, दीपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टीकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतले अभिनय गरेका छन् ।

    बोर्डका निर्देशक ढकालले रचना गरेको गीतको भिडियोमा रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता, त्यहाँका कठिनार्इ अनि पैसा कमाउन गएकाहरू बाकसमा फर्कनुपर्ने अवस्थाका बारेमा चित्रण गरिएको छ । आफूले सानैदेखि गित लेख्ने गरेको र आगामी दिनमा समाजमा घटेका घटनाहरुलाई समेटि समसामयिक विषयलाई अझै सशक्त रुपमा आफनो गितमा उठान गर्ने ढकालको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्